वैशाख ३० गते सार्वजनिक विदा दिन सरकारलाई आयोगकाे आग्रह

काठमाडाैँ । निर्वाचन आयोगले हालसम्म १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ भएको जनाएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले ७२ जिल्लाका लागि मतपत्र छपाई सकिएको र अन्य जिल्लाको मतपत्र छपाई छिटै सकिने बताएका हुन् । उनले ३३ जिल्लामा मतपत्र ढुवानी भइसकेको जानकारी दिए ।

आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन सार्वजनिक बिदाका लागि सरकारसँग अनुरोध गर्ने जनाएको छ । स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते अर्थात् शुक्रबारका दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गरिएको उनले बताए ।

निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवम् भौतिक संरचना मतदान प्रयोजनका उपलब्ध गराउन सबै स्थानीय तहमा लेखी पठाउने निर्णय भएको उनले बताए ।

आयोगले बिहीबारसम्म एक लाख ५३ हजार दुई जना उम्मेदवारको मनोनयन दर्ताको अपडेट भएको जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *