कार्यकर्ताले गरे कांग्रेस प्रदेश कार्यालयमा तोडफोड

पोखरा । गठबन्धनमा असन्तुष्टी जनाउँदै नेपाली कांग्रेसका कार्यकर्ताले पोखरामा रहेको प्रदेश पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।

पोखरा २४ का नेता कार्यकर्ताहरूले पार्टी कार्यालयमा तोडफोड गरेका हुन् । गबठन्धबाट २४ नम्बर वडा अर्कै पार्टीलाई दिने होहल्ला सुनेपछि उनीहरू पोखरा आएका हुन् ।

केहीबेरअघि गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रमस्थलमा समेत नाराबाजी सहित प्रदर्शन गरेका थिए । उनीहरूले मन्त्रीलाई गबठन्धन गरे कालोमोसो दल्दिने चेतावनी पनि दिएका थिए ।

त्यहाँका कांग्रेस नेता भरत अधिकारीको नेतृत्वमा आएको एक टोलीले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा टेबुल र कुर्ची फालिदिएका छन् । अहिले त्यस क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *