देउवाको नाम नलिई कर्ण मल्लले मागे क्षमा, दिए धन्यवाद

धनगढी । नेपाली काँग्रेसले कारबाही गरेका डडेल्धुराका निवर्तमान सभापति कर्ण मल्लले कांग्रेस सभापति शेरबहादुर देउवाको नाम नलिई क्षमा मागेका छन् । सामाजिक सन्जाल फेसबुकमा स्टटास लेख्दै उनले आफूले पीडा दिएको भन्दै क्षमा दिन भनेका छन् ।

साथै उनले दोस्रो पटक राजनीतिक घर र मनबाट निकालेको भन्दै धन्यवाद पनि भनेका छन् ।

उनले लेखेका छन्, ‘परम आदरणीय दाजु साष्टाङ्ग प्रणाम, मेरा कारण हजुरले पाउनु भएको पीडाका लागि क्षमा दिनु होला । मलाई दोस्रो पटक राजनीतिक घर र हजुरको मनबाट निकाल्नु भएकोमा स(धन्यवाद आभार व्यक्त गर्दछु । म अब पीडाकै बिचबाट तपाईबाट प्रताडित साथीहरूसंगै न्यायका लागि देवरुपी जनताका बीचमा जादैछु । जय नेपाल ! ॐ साइराम !!’

‘यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मल्ल समूहले नेपाली काँग्रेस बिपीबाट एमालेसँग चुनावी तालमेल गरेपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ ।

मल्ल पार्टी सभापति देउवाले एकलौटी रूपमा जिल्लाको सातौँ जिल्ला अधिवशेन गरेको भन्दै रुष्ट थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *