नेकपा एमाले गण्डकी प्रदेश सदस्यद्वय माओवादीमै फर्किए

बागलुङ । नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल पुनः नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बुधबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरूले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन्। दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरू माओवादी केन्द्रमा नै फर्किएको सदस्यद्वयले बताएका छन्। २०७४ सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए।

संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए। उनले भने, ‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियाबादीले उल्टाउन खोजेका छन्। युद्धको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौँ।’

त्यस्तै, पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार भएको छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *