एक चीन नीति विराेधी गतिविधि गरेकाे आरोपमा उम्मेदवारविरुद्ध उजुरी

पोखरा । मुस्ताङको लोमान्थाङमा कांग्रेसबाट उम्मेदवारी दिएका अध्यक्ष उम्मेदवार विरुद्ध उजुरी परेको छ । अध्यक्षमा उम्मेदवारी दिएका टसी गुरुङविरुद्ध एमालेले उजुरी गरेको हो ।

टसी चीन विरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको हो ।

गुरुङले नेपालको एक चीन नीतिविरुद्धको गतिविधि गरेको आरोप एमालेको छ । उनले तिब्बत सरकारको चुनावमा श्रीमती ग्यारी ढोमाको चुनाव प्रचार गरेको र त्यतिबेला नेपालस्थित तिब्बतीयन क्याम्पमा हिँडेको आरोप लगाइएको छ । उनकी श्रीमती अहिले तीब्बत सरकारको गृहमन्त्री पदमा कार्यरत रहेको आरोपपत्रमा लेखिएको छ ।

उता गोरखाको धार्चेमा माओवादीबाट अध्यक्ष उम्मेदवार बनेकालाई कांग्रेसले उजुरी हालेको छ । माओवादीको तर्फबाट अध्यक्ष पदमा मनोनयन दर्ता गराएका लक्ष्मण गुरुङ विरुद्ध ठेक्कापट्टाको काममा संलग्न भएको भन्दै उजुरी दिईएको हो ।

लक्ष्मण रुपीनाला कन्स्ट्रक्सनका सञ्चालक रहेको र उनको कम्पनीले धार्चे ६ काशीगाऊँमा सभाहल निर्माणको ठेक्का लिएको उजुरीमा उल्लेख छ । निर्वाचन आयोगले सोही पालिकामा ठेक्का पट्टाको काम गर्ने निर्माण व्यवसायीलाई उम्मेदवार हुन छेकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *