माेरङबाट २ जना नक्कली चिकित्सक पक्राउ

मोरङ । चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट इलाज गर्नको लागि इजाजतपत्र प्राप्त समेत नगरी क्लिनिक सञ्चालन गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ फिलिम हल लाइनस्थित श्री राम पाइल्स क्लिनिकका सञ्चालक भारत पश्चिम बंगाल दार्जिलिङ रानीगन्ज पानसाली पञ्चायत बस्ने २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका-३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक दार्जिलिङ देवीगन्ज ग्राम पञ्चायत बस्ने २९ वर्षीय सनोड मण्डल रहेका छन् ।

उनीहरूले क्लिनिक सञ्चालन गरी डाक्टर हुँ भनी औषधि उपचार गरी ठगी तथा स्वास्थ्यमा समेत खेलवाड गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट इलाज सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति प्राप्त गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *