बाबुछोरा पालैपालो निर्विरोध वडाध्यक्ष

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिका स्थित वडा नम्बर ६ चुम्चेतमा लाक्पा छिरिङ लामा निर्विरोध वडाध्यक्ष चुनिएका छन् । गोरखामा निर्विरोध हुने वडाध्यक्ष उनी मात्रै हुन् । २८ वर्षका लामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गरेका हुन् ।

२०७४ को चुनावमा सोही वडाबाट लोप्साङफुञ्जो लामा निर्विरोध वडाध्यक्ष बनेका थिए । बहालवाला वडाध्यक्ष र निर्वाचित वडाध्यक्ष बाबुछोरा हुन् । गाउँको सल्लाह अनुसार नै आफू वडाध्यक्षको उम्मेदवार बनेको लाक्पाले बताए । ‘हामीहरू बिचमा गाउँलेले सल्लाह गरिरहेका थिए । यहाँ पार्टीभन्दा पनि गाउँका कुरा लागू हुन्छन्,’ उनले भने, ‘बुबाले अब बुढो भएँ तैँले नेतृत्व लिनु भनेपछि म अघि सरेको हुँ ।’

वडाध्यक्ष माओवादीबाट बने भने कांग्रेसबाट २ जना वडा सदस्य र माओवादीबाटै अर्को २ जना सदस्य मिलाएर सर्वसम्मत बनाइएको हो । यद्यपि उनीहरूको औपचारिक घोषणा भने हुन बाँकी छ । त्यहाँ लाक्पाको मात्रै प्यानल उम्मेदवारी परेको निर्वाचन अधिकृत नानीबाबु ढकालले बताए । हिमाली क्षेत्रमा सदरमुकामबाट गएको पार्टी भन्दा गाउँका पाका पुरानाले नेताहरू उत्पादन गर्छन् । उनीहरूले नै उम्मेदवार तय गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *