सुरक्षा समन्वय बैठक स्थानीय निर्वाचन केन्द्रित

काठमाडौँ । बैतडी र दार्चुलाको अन्तरजिल्ला समन्वय बैठक मंगलबार सम्पन्न भएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर दुवै जिल्लाका अधिकारीबीच समन्वय बैठक दार्चुलाको बलाँचमा भएको हो। बैठकमा स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा, भारतसँगको समन्वयलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। यस्तै, असल अभ्यास आदान–प्रदान, विपद् व्यवस्थापन, अवैध हातहतियार नियन्त्रण, लागुऔषध नियन्त्रण, वनपैदावार चोरी निकासी नियन्त्रण, वन्यजन्तु चोरी–शिकारी नियन्त्रणका विषयमा पनि बैठकमा छलफल भएको छ।

बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, दार्चुला प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र दुवै जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुखको सहभागिता थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *