पाख्रीबासका मेयर राईले त्यागे एमाले

काठमाडौँ । धनकुटाको पाख्रीबास नगरपालिका मेयर वृषबहादुर राईले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । मेयर राईले फेसबुक स्ट्याटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा राईको नेतृत्वमा एमालेले जिल्लामा ५२ सिट नै जितेको थियो । उनी यसपटक पनि मेयरको आकाङ्क्षी थिए । एमालेको तर्फबाट भीम राई पाख्रीबासको मेयर उम्मेदवार बनेका छन् ।

‘मैले आजदेखिनै पार्टीमा नरहने घोषणा गरे, दुख त लागेकै छ तथापि !’ उनले फेसबुकमा लेखेका छन् । पार्टी छोड्नुको कारण भने मेयर राईले प्रस्ट खुलाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *