सुर्खेतकै कान्छी उम्मेदवार शाही राप्रपाबाट बराहतालको उपाध्यक्षमा

सुर्खेत । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट पालिका अध्यक्षमा गोविन्द पुलामीले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा अविता शाही उम्मेदवारले दर्ता गराएकी हुन्।

लामो समयदेखि शिक्षण पेशामा संलग्न पुलामीले पालिका अध्यक्षमा उम्मेदवार दिएका हुन्। पुलामी यसअघि नेपाली कांग्रेसमा थिए भने हाल उनी राप्रपामा छन्। पछिल्लो समय जनमत बटुल्दै गएको राप्रपाले सुर्खेतका सबै स्थानीय तहमा उम्मेदवारी घोषणा गरेको छ। बराहतालका सातवटा वडामासमेत राप्रपाले उम्मेदवार मनोनयन गरी सकेको छ। अध्यक्ष पदका उम्मेदवार पुलामी लोकप्रिय व्यक्तिका रूपमा परिचित छन्। जनजातीको संख्या धेरै रहेको बराहतालमा आफू जनजाती भएकै कारण पनि चुनाव जित्ने पुलामीको दाबी छ।

राप्रपा भ्रष्टाचारहित स्थानीय सरकार निर्माणको मुख्य एजेण्डा राखेर निर्वाचनमा होमिएको छ। यस्तै, उपाध्यक्ष पदकी उम्मेदवार बनेकी शाही बराहताल गाउँपालिका- ८ रानीवनकी हुन्। २६ वर्षीय शाही सुर्खेतकै सबैभन्दा कम उमेरकी उम्मेदवार हुन्। शिक्षण पेशामा संलग्न उनलाई राप्रपाले उपाध्यक्ष बनाउने निर्णय गरेको हो।

उपाध्यक्ष शाहीले उम्मेदवारी मनोनयन दर्ता गर्दै भ्रष्टाचाररहित सुशासनयुक्त तथा घरेलुहिंसा मुक्त बराहताल मुख्य योजना रहेको बताइन्।शिक्षा, स्वास्थ्य, सडक, विजुली, सञ्चारजस्ता पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। पालिका आवगमनमा सहजताका लागि भेरी पारिका बस्तीलगायतलाई समेटेर रिङरोड निर्माण गर्ने उनको लक्ष्य छ।

बड्डिचौरमै विशेषज्ञ सेवासहितको १५ शय्याको अस्पताल निर्माण, कृषि क्याम्पसको स्तरोन्नती, ग्रामिण वस्तीका सडक कालोपत्रे, घरघरमा खानेपानीको धारा, कृषिमा आत्मनिर्भर बनाउन विभिन्न तालिम तथा सिंचाईको व्यवस्था, पालिकामैत्री विकास मोडल बनाएर युवालक्षित स्वरोजगारका कार्यक्रमहरू अगाडि बढाउने २६ वर्षीय शाहीका मुख्य एजेण्डा हुन्।

सुर्खेतकै कान्छी उम्मेदवार शाहीको प्राविधिक शिक्षामा जोड, पर्यटन पूर्वाधार विकास, महिला, बालबालिका, अपाङ्ग र जेष्ठ नागरिक लक्षित कार्यक्रमको लागु गरिने मुख्य योजना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *