धनकुटाका तीन वडामा एक मात्र दलित महिला सदस्यको उम्मेदवार

विराटनगर । धनकुटाका विभिन्न तीन वडामा दलित महिला सदस्य लगभग निर्विरोध भएका छन्।

कुनै उजुरी नपरेको अवस्थामा धनकुटाको ३ पालिकाका वडामा दलित महिला सदस्य निर्विरोध निर्वाचित हुनेछन्। धनकुटाको चोबिसे गाउँपालिका ९, साँगुरीगढी गाउँपालिका ७ र पाख्रीबास नगरपालिका ९ मा दलित सदस्यको एकल उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको हो।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठका अनुसार पाख्रीबास नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट दलित महिला वडा सदस्यमा डम्बरकुमारी दर्जीको मात्र उम्मेदवारी दर्ता भएको छ। चौबिसे गाउ“पालिका वडा नम्बर ८ मा नेकपा एमालेबाट मात्र दलित वडा सदस्यमा ताराकुमारी विश्वकर्माको उम्मेदवारी दर्ता भएको हो। साँगुरीगढी गाउँपालिका वडा नम्बर ७ मा कांग्रेसबाट कुमारी विश्वकर्माको एकल उम्मेदवारी दर्ता भएको छ।

एकल उम्मेदवारी परेका तीनै वडामा अन्य कुनैपनि दलले उम्मेदवारी नदिएको उनले जानकारी दिए। मनोनयन दर्ताका आधारमा मात्र निर्विरोध घोषणा गर्न नमिल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *