बुङ्गल नगर प्रमुखमा एक महिलाको उम्मेदवारी

काठमाडौँ । स्थानीय तहको निर्वाचन–२०७९ मा बझाङको बुङ्गल नगरपालिका प्रमुख पदका लागि एक महिलाले उम्मेदवारी दर्ता गरेका छन्।

नेकपा (एमाले)बाट बुङ्गल नगरमा धनदेवी कुँवरले उम्मेदवारी दर्ता गराएकी हुन्। एमाले जिल्ला कमिटी सदस्य  कुँवरले उम्मेदवारी दर्तापश्चात अन्याय, असमानता र विभेद् रहित तथा महिला, बालमैत्री र वातावरणमैत्री नगर निमार्णका लागि आफ्नो उमेदवारी रहेको बताएकी छन्। “सबैभन्दा पहिला त हिंसारहित घर र समाज निमार्णमा लाग्नेछु, अन्याय–अत्याचारविरुद्ध, नगरलाई वातावरणमैत्री बनाउने विभिन्न योजना समेट्नेछु” उनले भनिन्।

साथै, कुँवरले नगरको समग्र विकास, विशेषगरी पिछडिएका वर्गका महिला उत्थानका लागि आफ्नो उम्मेदवारी रहेको बताइन्। कुँवर गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकी मीनादेवी बोहरा जाग्रीसँग ७७१ मतले उपप्रमुखमा पराजित भएकी थिइन्।

नेकपा एमालेले बझाङ जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पदमा महिलालाई अनिवार्य गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *