४ हजार पदका लागि गण्डकीमा १२ हजारको मनोनयन

पोखरा । गण्डकी प्रदेशमा प्रमुख र उपप्रमुखसहित वडाका जनप्रतिनिधि गरी करिब ४ हजार जना निर्वाचित हुनेछन् ।

८५ पालिका रहेको गण्डकी प्रदेशमा १ सय ७० जना प्रमुख उपप्रमुख र ३ हजार ७ सय ९५ जना वडा जनप्रतिनिधि निर्वाचित हुनेछन् । त्यसबाहेक कार्यपालिका सदस्य पछि मनोनित हुनेछन् । यहाँ ७५९ वडाहरू छन् । गण्डकीमा ३ हजार ७ सय ९५ वडा सदस्य र १७० प्रमुख उपप्रमुख सहित ३ हजार ९ सय ६५ जना जनप्रतिनिधि निर्वाचित हुन्छन् ।

गण्डकीमा एउटा महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् । २६ नगरपालिका र एउटा महानगरपालिका रहेकोमा नगरको प्रमुख बन्न २ सय ३७ जनाको मनोनयन दर्ता भएको छ भने उपमेयरका लागि १ सय ६३ जना छन् । ५८ गाउँपाकिलाको अध्यक्ष बन्न २ सय ८५ र उपाध्यक्षका लागि २ सय २५ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

वडाध्यक्षका लागि २ हजार ८ सय १६ जनाको दावी छ । महिला सदस्यमा २ हजार ६७ र दलित महिला सदस्यमा १ हजार ९ सय १८ जना उम्मेद्वार छन् ।

दुई खुला सदस्यमा ४ हजार ६ सय ३ जनाले मनोनयन दिएका हुन् । करिब ४ हजार पदमा हुने निर्वाचनका लागि १२ हजार ३ सय १४ जनाले मनोनयन दर्ता गराएका आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *