बाँकेका सम्पूर्ण आठ स्थानीय तहमा उम्मेदवारी

काठमाडौँ । आसन्न स्थानीय निर्वाचनका लागि बाँकेको सबै आठ स्थानीय तहमा उम्मेदवारी परेको छ।

एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाको लागि मात्र १८ जनाले प्रमुख र १० जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन्। कोहलपुर नगरपालिकामा प्रमुखका लागि १५ र उपप्रमुखका लागि १० ले मनोनयन दर्ता गराएका छन्। खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि ९ र उपाध्यक्ष पदका लागि ६, जानकी गाउँपालिकाकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ८ ले मनानयन दर्ता गरेका छन्। डुडुवा गाउँपालिकामा अध्यक्षका लागि ७ र उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ।

यस्तै, जिल्लाको दुर्गम मानिने नरैनापुर गाउँपालिकाको अध्यक्षका लागि ४ र उपाध्यक्षका लागि ५ जनाको मनोनयन दर्ता भएको छ। बैजानाथ गाउँपालिकाको अध्यक्षको लागि ९ र उपाध्यक्षको लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ। राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा ५ र उपाध्यक्षमा ६ जानको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ। गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एमाले), राप्रपा, जनमोर्चा नेपाललगायत स्वतन्त्र रूपमा पनि उम्मेदवारी दर्ता भएको छ।

वडाध्यक्षमा सबैभन्दा बढी ११ जना र कममा दुई जनाको उमेदवारी परेको छ। जिल्ला निर्वाचन अधिकारी रमा पन्तले आज उमेदवारी उपर उजुरी विरोधको कार्यक्रम रहेको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *