मोरङका १७ पालिकामा कति उम्मेदवार ?

विराटनगर । मोरङका १७ पालिकामा उम्मेदवारहरूको अन्तिम नामावली तयार हुँदैछ । प्रारम्भिक रूपमा प्रदेश निर्वाचन कार्यालयले मोरङ जिल्लाको विवरण प्राप्त भएको जनाएको छ ।

१९ वडा रहेको विराटनगर महानगरपालिकाको मेयरमा १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडा अध्यक्षमा १७२ जना, महिला वडा सदस्यमा १४३ जना, खुल्ला सदस्यमा २९१ जनाको उम्मेदवारी दर्ता भएको छ । दलित महिला सदस्य ११५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विराटनगर महानगरपालिकामा ९७ पदको लागि ७२४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उर्लाबारी नगरपालिकामा २९३ जनामा ९ मेयर, ९ उपमेयर, ६६ वडा अध्यक्ष छन् । कटहरी गाउँपालिकामा २१३ जनाको उम्मेदवारी परेको छ। जसमा ९ अध्यक्ष, ६ उपाध्यक्ष, ४४ वडा अध्यक्ष छन् । कानेपोखरी गाउँपालिकामा १८९ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा ७ जना अध्यक्ष, ६ जना उपाध्यक्ष र ४७ जना वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । केरावारी गाउँपालिकामा १९० जनाको उम्मेदवारी दर्ता हुँदा ७ अध्यक्ष, ५ उपाध्यक्ष र ४० वडा अध्यक्षका उम्मेदवार छन् ।

ग्रामथान गाउँपालिकामा १९५ जनाको उम्मेदवारी दर्ता हुँदा ७ अध्यक्ष ५ उपाध्यक्ष र ४२ वडा अध्यक्षका उम्मेदवार छन् । जहदा गाउँपालिकामा २५६ जनाको उम्मेदवारी दर्ता भएको छ। अध्यक्षमा ७, उपाध्यक्षमा ९ र वडा अध्यक्षमा ५९ जना छन् । धनपालथान गाउँपालिकामा १८२ जना उम्मेदवार मध्ये ८ अध्यक्ष, ७ उपाध्यक्ष र ३६ वडा अध्यक्षका छन् भने अन्य सबै सदस्यका उम्मेदवार हुन् ।

पथरी शनिश्चरे नगरपालिकामा २८० जनाको उम्मेदवारी दर्ता भएको छ। मेयरमा ८, उपमेयरमा ७ र वडा अध्यक्षमा ५९ जना छन् भने बुढीगंगा गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेको छ। १० जजना अध्यक्ष, ७ जना उपाध्यक्ष र ४९ जना वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बेललवारी नगरपालिकामा २९० जनाको उम्मेदवारी पर्दा ११ जना मेयर, ९ उपमेयर र ६५ जना वडा अध्यक्ष छन् । मिक्लाजुङमा २४७ जना उम्मेदवारले मनोनयन दर्ता गराउँदा गाउँपालिकाको अध्यक्षमा ८, उपाध्यक्षमा ७ र वडा अध्यक्षमा ५९ जना छन् । रंगेली नगरपालिकाको मेयरमा ९, उपमेयरमा १० र वडा अध्यक्ष ५६ जना सहित २४९ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रतुवामाई नगरपालिकामा ५ मेयर, ५ जना उपमेयर र वडा अध्यक्ष ५८ जना सहित २४९ जनाको उम्मेदवारी दर्ता भएको छ । लेटाङ नगरपालिकामा १६१ जनाको मनोनयन दर्ता हुँदा मेयरमा ९, उपमेयरमा ५ र वडा अध्यक्षमा ४० जना छन् । सुनबर्षी नगरपालिकामा १० मेयर, ९ उपमेयर र ६४ वडा अध्यक्ष सहित २७६ जना र सुन्दर हरैँचा नगरपालिकामा ३१२ जनामा ११ मेयर, ८ उपमेयर र ७१ जना वडा अध्यक्षको उम्मेदवारी दर्ता भएको छ । विराटनगर महानगरपालिकामा उम्मेदवारको सङ्ख्या धेरै भएको कारण निकाल्ने काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *