म्याग्दीमा माओवादीका उम्मेदवार निर्विरोध

काठमाडौँ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा (माओवादी केन्द्र)का एक वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्।

माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसमेत रहेकी सीताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन्। धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नं वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र एकल उम्मेदवारी परेकाले निर्विरोध भएको बताएका छन्।

छन्त्याल निर्विरोध भएसँगै माओवादीले स्थानीय तह चुनावमा मतदान नहुँदै म्याग्दीमा खाता खोलेको छ। छन्त्याल निर्विरोध हुने जिल्लाको एक मात्र उम्मेदवार बनेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *