गण्डकीमा १६ वडाध्यक्ष निर्विरोध

पोखरा । गण्डकी प्रदेशबाट एकजना पालिका उपाध्यक्ष सहित १६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । एउटा गाउँपालिकाको उपाध्यक्ष सहित वडाध्यक्ष र सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

मनाङको नार्पाभूमी गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट ज्याप्ले गुरुङ उपाध्यक्ष निर्वाचित भए । उनलाई एमालेले अध्यक्ष उठ्न पठाएपनि सहमतिका आधारमा उपाध्यक्षमा निर्विरोध भएका हुन् ।

नार्पाभूमीमा कांग्रेसबाट ३ जना वडाध्यक्ष, नासों गाउँपालिकामा कांग्रेसबाटै ३ जना वडाध्यक्ष, चामे गाउँपालिकामा १ जना कांग्रेस र १ जना एमालेबाट वडाध्यक्ष तथा मनाङ ङिस्याङ गाउँपालिकामा २ जना वडाध्यक्ष स्वतन्त्रबाट निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकामा ३ जना एमालेबाट वडाध्यक्ष तथा घरपझोङ गाउँपालिकामा २ जना कांग्रेस र १ एमालेबाट निर्विरोध भएका हुन् ।

अधिकांश हिमाली वडाहरूमा वडा सदस्यहरू पनि निर्विरोध भएका छन् । नार्पाभूमीमा पालिका अध्यक्ष नै निर्विरोध बनाउने प्रयास भइरहेको छ । गण्डकी प्रदेशभरि ७५९ वडाहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *