विराटनगरको उपमेयरमा गठबन्धनको दलबाटै बागी उम्मेदवार

विराटनगर । विराटनगर महानगरपालिकामा सत्ता गठबन्धन दलहरूको तर्फबाट उपप्रमुखमा बागी उम्मेदवारी दर्ता भएको छ । नेकपा माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले उपमेयरको लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्ता गठबन्धन दलहरूले महानगरपालिकामा केन्द्रको निर्णय अनुसार जानु पर्ने भनिएपछि उपमेयरमा न्यौपानेको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिकामा एकलौटी ढंगबाट नेपाली कांग्रेस अघि बढेपछि स्वतन्त्र उम्मेदवारी दिएको न्यौपानेले बताइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा जसपासँग गठबन्धन गरेर पनि माओवादीबाट उपप्रमुखमा चुनाव लडेकी न्यौपाने यो वर्ष दलहरू बिच गठबन्धन हुँदा पार्टीबाट उम्मेदवार हुन पाइनन् । पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उपमेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन । गठबन्धनको तर्फबाट कांग्रेसले नागेश कोइराला मेयरको उम्मेदवार बनाएको छ भने जसपाका अरमेन्द्र यादव उपमेयरमा उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *