चन्दननाथको मेयरमा राजुसिंह कठायतको स्वतन्त्र उम्मेदवारी

सुर्खेत । नेपाली कांग्रेसका नेता राजुसिंह कठायतले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीले मेयर पदको उम्मेदवारको टिकट नदिएपछि उनले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मेयर पदका स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले लामो समयदेखि पार्टीमा खटिएर लागी पर्दा पनि अन्तिममा पाँचौँ नम्बरमा रहेका उम्मेदवारलाई मेयर पदको टिकट दिएपछि स्वतन्त्र उम्मेदवार दिनु परेको उनले बताए।

उनले भने, ‘२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पदको टिकट मलाई दिने भनेपनि अन्तिममा कान्तिका सेजुवाललाई दिइयो। यसपटक पनि उस्तै भयो। जुम्लाका नेताले निकै चलखेल गरेर अन्याय गरेपछि स्वतन्त्र दिनु परेको हो। गएको प्रदेशको निर्वाचनमा पनि कम्यूनिष्टसँग कसैको पनि लड्न दम नभएपछि मैले लड्नु पर्यो ।’

नेपाली कांग्रेस पार्टीले चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा रामदेवी खड्कालाई उम्मेदवार बनाएको छ। यसअघि, ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *