गोरखाका ११ वटै तहमा माओवादीको उम्मेदवारी

पोखरा । माओवादी केन्द्रले पनि गोरखाका ११ वटै पालिकामा उम्मेदवारी दिएको छ।

गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोइराला तथा पालुङटार नगरपालिका मेयरमा बिबश चिन्तन र उपमेयरमा बन्दना पाण्डेले उम्मेदवारी दिएका हुन्। यसअघि, दुईवटै नगरपालिकामा माओवादी पराजित भएको थियो। भिमसेन थापा गाउँपालिका अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा जुनु श्रेष्ठ, अजिरकोटको अध्यक्षमा दिपक देवकोटा र उपाध्यक्ष अनिता भुजेल, धार्चेको अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङ उम्मेदवार बनेका छन्।

बारपाक सुलिकोटमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ दोहोरिएका छन्। गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमल्सिना र उपाध्यक्षमा पार्वती गुरुङ, आरुघाट गाउँपालिकाको अध्यक्षमा ऋषि खनाल र पार्वती सापकोटाले उम्मेदवारी दिएका छन् भने सिरानचोक गाउँपालिका अध्यक्षमा नवराज पुडासैनी र पूर्णकुमारी कँडेल, चुमनुब्री गाउँपालिका अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङले उम्मेदवारी दिएका हुन्।

शहीद लखन गाउँपालिकामा अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले उम्मेदवारी दिएका छन्। थापा मगर र तिवारीले यसअघि पनि सोही गाउँपालिकामा उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *