जसपाद्वारा गोरखाका ११ वटै पालिकामा उम्मेदवारी

पोखरा । जनता समाजवादी पार्टीको पकड रहेको गोरखाका ११ वटै पालिकामा पार्टीले उम्मेदवारी दिएको छ।

पार्टीले गोरखा नगरपालिकाको मेयरमा सञ्जु भट्ट नेपाली र उपमेयरमा नारायण खत्रीसहित वडामा उम्मेदवारी दिएको हो। पालुङटार नगरपालिकाको मेयरमा प्रेम बहादुर गुरुङ र उपमेयरमा नारायणी अधिकारीले मनोनयन दर्ता गराएका छन्। भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा मिलन न्यौपाने र उपाध्यक्षमा रोहित पाण्डे तथा बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्षमा जीवन श्रेष्ठले उम्मेदवारी दिएका छन्। बारपाकको उपाध्यक्षमा भने जसपाबाट उम्मेदवारी परेको छैन।

त्यस्तै अजिरकोट गाउँपालिकाको अध्यक्षमा मिरा धिताल र उपाध्यक्षमा मन बहादुर तामाङ, आरुघाट गाउँपालिकामा अध्यक्षमा राजेन्द्र पराजुली र उपाध्यक्ष तृष्णा बरामले मनोनयन दर्ता गराएका छन्। धार्चे गाउँपालिकाको अध्यक्षमा बिस बहादुर गुरुङ र उपाध्यक्ष सविता गुरुङ, चुमनुब्री गाउँपालिकाको अध्यक्षमा गणेश कार्की र उपाध्यक्ष पासाङ छुदेन लामा, शहिद लखन गाउँपालिकाको अध्यक्षमा कल्पना थापा र उपाध्यक्ष मनोज श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, गण्डकी गाउँपालिकाको अध्यक्षमा सानुमाया आले र उपाध्यक्षमा भीम श्रेष्ठ उम्मेदवार बनेका छन् भने सिरान्चोक गाउँपालिकाको अध्यक्षमा चित्र बहादुर गुरुङ र उपाध्यक्ष शोभा विकले मनोनयन दर्ता गराएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *