विराटनगरको मेयरमा एमालेका थापा र उपमेयरमा कार्की मनोनयन दर्ता

विराटनगर । विराटनगर महानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।

नेकपा एमालेका नगर अध्यक्ष सागर थापाले मेयरको लागि मनोनयन दर्ता गराएका हुन् । त्यस्तै उपमेयरमा शिल्पा निराला कार्की मनोनयन दर्ता गराएकी छन् ।

बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएको एमालेको टोलीले मेयरमा थापा, उपमेयरमा कार्की सहित १९ वटै वडामा उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा पुगेका मेयरका उम्मेदवार थापाले विराटनगरको विकासको लागि आफ्नो उम्मेदवारी भएको बताए ।

ढल निकास, फोहर मैला व्यवस्थापन, डुबान समस्या समाधान, शिक्षा स्वास्थ्य र व्यवस्थित सहर निर्माणको लागि आफ्नो उम्मेदवारी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *