कांग्रेसले इटहरीमा हेमकर्ण र धरानमा किशोरलाई बनायो उम्मेदवार

विराटनगर । गठबन्धनको तर्फबाट इटहरीको मेयरमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार बनाएको छ ।

गठबन्धनका तर्फबाट मेयर पदका लागि धरानमा राई र इटहरीमा हेमकर्ण उम्मेदवार हुने भएका हुन् ।

हेमकर्ण पौडेल इटहरी नगर नेपाली कांग्रेसका सभापति हुन् भने किशोर राई धरान नगर सभापतिमा उम्मेदवार भएर पराजित भएका नेता हुन् । यसअघि पनि हेमकर्ण पौडेल मेयरका आकांक्षी थिए ।

अघिल्लो प्रदेश सभाको निर्वाचनमा पौडेल सर्वध्वज साँवासँग पराजित भएका थिए । तीन कार्यकाल कांग्रेस इटहरीका सभापति भएका पौडेल वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । धरानका किशोर राई अघिल्लो पटक नै मेयरको आकांक्षी थिए ।

फुटबल क्षेत्रबाट राजनीतिमा आएका किशोर भने देउवा पक्षका नेता हुन् । त्यस्तै कांग्रेसले सुनसरीको इनरुवामा केदार भण्डारी, रामधुनी सुदिप अधिकारी, दुहबीमा वेद गच्छदार र बराह क्षेत्रमा रमेश कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *