वीरेन्द्रनगरमा एमालेको मेयरदेखि वडाध्यक्षसम्म उम्मेदवार तय

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेले मेयरदेखि वडाध्यक्षका उम्मेदवारहरूको टुंगो लगाएको छ। नगरपालिकाको मेयरमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल उम्मेदवार बनेका छन् ।

यस्तै, १६ वडा रहेकाे वीरेन्द्रनगरका सबै वडाका अध्यक्षका लागि उम्मेदवारको टुंगो लागिसकेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १ मा गंगाराम सुनार, २ मा गजबहादुर बुढा ३ मा विनोद सिहं विष्ट, ४ मा शेरबहादुर केसी, ५ मा लोकबहादुर शाही, ६ मा श्याम कंडेल ७ मा खड्ग बहादुर दर्लामी, ८ मा टिकाराम शर्मा, ९ मा ऋषि गिरी, १० मा दिलबहादुर रखाल उम्मेदवार बनेका छन् ।

यस्तै, वडा नम्बर ११ का लागि खिमलाल देवकोटा, १२ मा चूडामणि चपाई, १३ मा भुपेन्द्र दर्लामी, १४ मा देव रोकाया, १५ मा हिक्मत ओली, १६ डण्डबहादुर विक वडा अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् ।

यस्तै, एमाले वीरेन्द्रागरका अनुसार दिउँसो १ बजे उम्मेदवारी दर्ता उम्मेदवारी दर्ताका लागि एमाले पार्टी कार्यालय सुर्खेतबाट बाजागाजासहित उम्मेदवारहरू निर्वाचन कार्यालय तर्फ लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *