कांग्रेस उप–सभापति खड्का र अर्थमन्त्री शर्माको गृह जिल्लामा मिलेन भागबण्डा

सुर्खेत । कर्णालीका दुई जिल्लामा सत्तारूढ गठबन्धनको भागबण्डा अझै मिल्न सकेको छैन।

विगत एक सातादेखि उम्मेदवार छनोटका लागि गठबन्धनका प्रदेश स्तरीय शीर्ष नेताहरूबीच प्रदेशका १० जिल्ला मध्ये ८ जिल्लाको गठबन्धन टुङ्गिएको भए पनि सुर्खेत र रुकुमपश्चिमको भागबन्डामा ठोस सहमति बन्न नसकेको हो। अर्थमन्त्री जनार्धन शर्माको जिल्ला रुकुमपश्चिम र नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतको भागबन्डा गठबन्धनको भागबण्डा मिल्न सकेको छैन।

प्रदेशमा यी जिल्लाको भागबण्डा नमिलेपछि रुकुमपश्चिको जिम्मा शर्मा र सुर्खेतको जिम्मा खड्कालाई दिइएको थियो। तर, उनीहरूले पनि गठबन्धनमा भागबण्डा मिलाउन नसेकेको नेपाली कांग्रेसको प्रदेश कमिटीले जनाएको छ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका अनुसार अब बाँकी रहेका यी दुई जिल्लामा १६ गतेसमम सहमतिको प्रयास जारी राख्ने गरी छलफल टुंगिएको छ। आज उम्मेदवारी दिने अन्तिम दिन भए पनि फिर्ता लिन मिल्ने समय भने वैशाख १६ गतेसम्म तोकिएको छ। यस्तै, रुकुमपश्चिम र सुर्खेतबाहेक अन्य जिल्लाहरू हुम्ला, मुगु, कालीकोट, जुम्ला, डोल्पा, सल्यान, जाजरकोट र दैलेखको विषयमा भने गठबन्धन दलबीच कुरा मिलेको छ।

बाँडफाँटअनुसार नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख र २६ पालिकामा उपप्रमुख पाएको छ। यस्तै, नेपाली कांग्रसले २५ पालिकामा प्रमुख र २३ पालिकामा उपप्रमुख पाएको छ। नेकपा समाजवादी ले १३ पालिकामा प्रमुख तथा १६ पालिकामा उपप्रमुख पाएको छ। डोल्पामा नेकपा माओवादी केन्द्रले ३ पालिकामा प्रमुख र दुई पालिकामा उपप्रमुख पाउने भएको छ। नेपाली कांग्रेसले १ प्रमुख, ३ उपप्रमुख पाएको छ। नेकपा समाजवादीले ४ प्रमुख र तीन उपप्रमुख पाएको छ।

जाजरकोटमा माओवादी केन्द्रले तीन पालिकामा प्रमुख र उपप्रमुख पाएको छ भने कांग्रेसले पनि सोही संख्यामा प्रमुख र उपप्रमुख पाएको छ । समाजवादीले एक प्रमुख तथा एक उपप्रमुख पाउने सहमति भएको छ। दैलेखका ११ स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रले २ पालिकामा प्रमुख र ३ पालिकामा उपप्रमुख पाएको छ।

कांग्रेसले ६ पालिकामा प्रमुख र ५ वटा पालिकामा उपप्रमुख पाएको छ भने एकीकृत समाजवादीले तीन पालिकामा प्रमुख र २ पालिकामा उपप्रमुख पाएको छ। साथै, मुगुमा माओवादीले एकरएक पालिकामा प्रमुख र उपप्रमुख पाएको छ। कांग्रेसले दुईरदुईजना प्रमुख र उपप्रमुख पाएको छ भने समाजवादीले पनि एकरएक प्रमुख उपप्रमुख पाएको छ। हुम्लामा माओवादीले ४ प्रमुख र २ उपप्रमुख पाएको छ भने कांग्रेसले तीन प्रमुख, दुई उपप्रमुख र समाजवादीले तीन उपप्रमुख पाएको छ।

सल्यानमा माओवादीले ४ प्रमुख र ५ उपप्रमुख पाएको छ। नेपाली कांग्रेसले ४ प्रमुख र ३ उपप्रमुख पाएको छ भने समाजवादीले २ प्रमुख र ४ उपप्रमुख पाएको छ।

जुम्लामा माओवादी केन्द्रले ३ प्रमुख, ५ उपप्रमुख पाएको छ। कांग्रेसले ४ प्रमुख, २ उपप्रमुख पाएको छ भने समाजवादीले जुम्लामा एकरएक जना प्रमुख तथा उपप्रमुख पाएको छ। कालीकोटमा माओवादीले पाँच पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाएको छ। कांग्रेसले दुई पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख पाएको छ भने समाजवादीले दुईरदुई वटा पालिकामा प्रमुख र उपप्रमुख पाएको छ।

किन मिलेन सुर्खेत र रूकुमपश्चिममा भागबण्डा?

खड्काको गृहजिल्ला सुर्खेतमा कांग्रेस र शर्माको गृहजिल्ला रुकुमपश्चिममा माओवादीको पकड रहेको छ। ०७४ सालको निर्वाचनमा रुकुम पश्चिमका ६वटै पालिकामा माओवादी केन्द्रले जितेको थियो भने सुर्खेतका नौ मध्ये पाँच पालिकामा प्रमुख, उपप्रमुख दुबै र एक पालिकामा प्रमुख कांग्रेसले जितेको थियो।

यसअघि, सुर्खेतमा माओवादीले कुनै पनि पालिकामा प्रमुख, उपप्रमुख जितेको थिएन। रुकुममा माओवादीले र सुर्खेतमा कांग्रेसले आफूले जितेको ठाउँ नछोड्ने अडान कसेपछि गठबन्धनमा सहमति जुट्न नसकेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *