एमालेद्वारा नवलपुरमा सम्पूर्ण उम्मेदवार तय

पोखरा । एमालेले नवलपुरका सबै पालिकामा प्रमुख र उपप्रमुखलाई टिकट दिएको छ।

नवलपुरको गैंडाकोट नगरपालिका प्रमुखमा छत्रराज पौडेल दोहोरिएका छन् भने उपप्रमुखमा चेतना अर्यालले टिकट पाएकी छन्। बुलिङटार गाउँपालिका अध्यक्षमा दीपेन्द्र सुनारी र उपाध्यक्षमा भूमिका खण्डलुङ मगर, बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझा र उपाध्यक्ष डिलकुमारी सारु छन्।

विनयी त्रिवेणी गाउँपालिका अध्यक्षमा घनश्याम गिरी र उपाध्यक्ष भगवती बैदवार, हुप्सेकोट गाउँपालिका अध्यक्ष चेतन राना र उपाध्यक्ष मनी पाण्डे, मध्यबिन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारी र उपप्रमुख पूर्णकला चौधरी, कावासोती नगरपालिका प्रमुखमा भोजराज दाहाल र उपप्रमुखमा फूलकुमारी थनेत चुनिएका छन्।

त्यस्तै, देवचुली नगरपालिकाको प्रमुखमा पार्वता तिवारी र उपप्रमुखमा  हरिप्रसाद न्यौपानेले टिकट पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *