एमालेले लमजुङका सबै पालिकामा टुङ्ग्यायो उम्मेदवार

पोखरा । नेकपा एमालेले लमजुङका सबै पालिकामा उम्मेदवार टुङ्गो लगाएको छ । प्रदेश कमिटीको बैठकले बेंशीसहर नगरपालिकामा गुमानसिंह अर्याललाई मेयर दोहोर्‍याउने भएको छ भने उपमेयरमा पद्या गुरुङलाई टिकट दिइएको छ ।

मध्येनेपालमा राजकुमार श्रेष्ठ मेयर र सीता गुरुङ उपमेयर उठ्ने छन् । सुन्दरबजारको मेयरमा भीमबहादुर गुरुङ र उपमेयरमा भवानी केसीले टिकट पाएका छन् भने राईनस नगरपालिकाको मेयरमा सिंहबहादुर थापा र उपमेयरमा शोभा पन्थीलाई दिइएको छ ।

यस्तै, दोर्दी गाउँपालिकामा युवराज अधिकारी अध्यक्ष र उषा गुरुङले उपाध्यक्षको टिकट पाए । मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा अर्जुन गुरुङ दोहोरिएका छन् । उपाध्यक्षमा जुना थापालाई ल्याइएको छ । क्होंलासोथरमा सूर्य गुरुङ अध्यक्ष र गमी गुरुङ उपाध्यक्षमा टिकट पाएका छन् ।

दुधपोखरी गाउँपालिकामा तेजबहादुर गुरुङले अध्यक्ष र कृष्णमाया गुरुङले उपाध्यक्षको टिकट पाएका छन् । कुनैपनि पालिकामा महिला प्रमुख उठाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =