एमालेले पोखराको मेयरमा कृष्ण थापालाई टिकट दिने

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा एमालेले पुन: प्रदेश सांसद कृष्ण थापालाई टिकट दिने भएको छ । एमाले सचिवालय बैठकले थापालाई टिकट दिने निर्णय गरेको हो ।

‘औपचारिक सार्वजनिक हुन बाँकी छ । मलाई औपचारिक खबर आएको छैन । तर टिकट पाएको भन्ने सुनेको छु,’ थापाले भने, ‘निर्णय चाहिँ भएको भन्ने छ ।’

उपमेयरमा भने मन्जुदेवी गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि दीपक पौडेललाई मेयर बनाउने निर्णय गरिएकोमा उनको पुरानो सुन चोरेको भिडियो सार्वजनिक भएपछि टिकट खोसिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =