एमालेले विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्कीलाई उठाउने
२०७९ वैशाख १२ गते

विराटनगर । विराटनगर महानगरपालिकामा एमालेले उम्मेदवार टुङ्गो लगाएको छ । विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नेकपा एमाले केन्द्रीय कमिटीले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको टुङ्गो मध्यरातमा लगाएको हो । विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा र उपाध्यक्ष शिल्पाले मेयर र उपमेयरको टिकट पाएसँगै एमालेले सबै महानगरपालिकामा उम्मेदवार टुङ्गो लगाएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले बताए ।
२०७९ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित









