पोखरामा पहिलो दिन ३८ जनाको मनोनयन

पोखरा । पोखरामा ११ मेयर र ४ उपमेयर सहित ३८ जनाको मनोनयन दर्ता भएको छ।

१७ जना वडाध्यक्ष र ६ जना सदस्यले उम्मेदवारी दिएका हुन्। मेयरमा ५ दल र ६ स्वतन्त्र तथा उपमेयरमा ३ दल र १ स्वतन्त्रले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मेयरमा स्वतन्त्रबाट लेखक गनेस पौडेल (खडकराज), विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला र किसानसिंह गुरुङ छन्।

राप्रपा नेपालबाट गोविन्द गुरुङ, मौलिक जरोकिलो पार्टिबाट संजय तिमिल्सीना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ मेयरमा उम्मेदवार बनेका हुन्। उपमेयरमा राप्रपा नेपालबाट चिना दवाडी, मंगोल नेशनल अर्गनाइजेसका रामबहादुर तामाङ र सचेत नेपाली पार्टीबाट सोनी परियार तथा स्वतन्त्र सोममाया विकको उम्मेदवारी परेको हो।

बाँकी मनोनयन भोलि सोमबार साँझसम्म भइसक्ने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *