सुर्खेतमा पार्टीले इमान्दार नेता तथा कार्यकर्ता ओझेलमा पारेको कोइराला समूहको निष्कर्ष

सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको संस्थापन इतरपक्ष शेखर कोइराला समूहले मनोनयन दर्ताकै दिन छुटै भेलाको आयोजना गरेको छ ।

कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै त्यसको खबरदारी गर्ने निष्कर्ष निकालेको छ ।

संस्थापन इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै यसले पार्टी भित्रका इमान्दार नेता, कार्यकर्ता मर्कामा परेको समूहको निष्कर्ष निकालेको हो । भेलाले पाटी नेतृत्वले एकलौटी ढंगले एउटा समूहलाई निषेध गरेर अगाडी बढ्नु कसैको लागि पनि फाइदा नहुने ठहर गरेको छ ।

भेलाले वीरेन्द्रनगर नगर कार्यसमितिको निर्णय विपरित नगर सभापति उपेन्द्र खड्काले एकलौटी रुपमा नाम सिफारीस गर्नु अक्षम र अपरिपक्क नेतृत्व सावित भएको निष्कर्ष निकालेको हो ।

जीवन नै पार्टीमा लगायकालाई पाखा लगाएर गुट, नातावाद, कृपावाद र आफन्तलाई पार्टीले अगाडी बढाएको प्रति भेलाले आपत्ती जनाएको छ । कांग्रेस सुर्खेतका निर्वतमान सभापति रेग्मीले निर्वाचनमा कांग्रेसलाइ विजयी गराउन लाग्न नेता तथा कार्यकर्तालाइ आग्रह गर्दै सबैलाई सम्मान व्यवाहर गर्न पार्टी नेतृत्वलाई अपिल गरेका छन् ।

उनले आफ्नो नेतृत्वमा ९ पालिका रहेको सुर्खेतमा ६ पालिका जिताउन सफल भएको भन्दै आगामी निर्वाचनमा त्यो भन्दा बढी जिताउन पाटी नेतृत्वलाई आग्रह समेत गरे । सभापति रेग्मीले आफुहरू पाटीलाई जित हासिल गराउन तयार रहेको भन्दै नेतृत्वबाट अहिलेसम्म पनि आफुहरूसँग कुनैपनि वार्ता संवाद नभएको स्पष्ट पारे । उनले भने, ‘जुङगाका रेखा नबस्दै राजनीतिमा होमिएकालाई उपेक्षा गरेर पाटीृमा कुनैपनि योगदान नभएकाहरूलाई जिम्मेवारी दिनु दुखद भएको हो ।’

यस्तै, जिल्लामा रहेका वडातहदेखि पालिकासम्म आफुहरूलाई सम्मानजनक ४० प्रतिशत उम्मेदवारी नहुँदासम्म आफुहरूले कुनैपनि पद नलिने समूहले निष्कर्ष निकालेको छ ।

यसअघि वीरेन्द्रनगर नगरपालिकामा मेयरमा सिफारिस भएका नेताहरू नारायण कोइराला र भुपेन्द्र केसीले उम्मेदवारी फिर्ता लिएका थिए ।

दुबैले हरेक क्षेत्रमा सम्मानजन आफुहरूको उपस्थित नभए कुनै ठाँउको पनि उम्मेदवार नबन्ने बताएका छन् । दुबै जनाले यसअघि नै कांग्रेस क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र नं २ लाइ निवेदन दिएर उम्मेदवारी फिर्ता लिएक हुन् ।

सुर्खेतका निर्वतमान सचिव भुपेन्द्र केसीले पार्टी नेतृत्वले संस्थापन इतर पक्षलाई पनि समेट्नुपर्नेमा त्यो गर्न नसकेको आरोप लगाएका छन् । पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको उनको भनाई रहेको थियो ।

यस्तै, नेपाली कांग्रेसका युवानेता नारायण कोइरालाले पार्टीमा योगदान दिएका र योग्य नेता कार्यकर्तालाई उपेक्षा गर्दै एकपक्षलाई वाईपास गरेर दिएको एकल उम्मेदवारीको कुनै अर्थ नहुने ठोकुवा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *