पोखरा : कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए
२०७९ वैशाख ११ गते
फाइल फोटो
पाेखरा । पोखरामा नेपाली कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिएका छन् । महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति, कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका हुन् ।
गठबन्धनभित्र महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका नेता/कार्यकर्ताहरूले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् । गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ, यसमा उनीहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
कांग्रेस जिल्ला सचिव भानु ढकालकाअनुसार उनीहरू बैठक चलिरहेकै बेलामा थुनिएका थिए । ‘वार्तालाई अन्तिम रूप दिन लागेका थियाैँ,’ उनले भने, ‘सिट ठूलाे कुरा हाेइन । चरित्र जाेगाउने कुरा ठूलाे हाे ।’
२०७९ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित









