एमालेले उपमेयरमा टिकट दिएकी गुरुङ चुनाव नलड्ने

पोखरा । एमालेले २०७४ मा टिकट दिएर उपमेयर जितेकी मन्जुदेवी गुरुङलाई अहिले पनि दोहो¥याउने निर्णय छ ।

केन्द्रीय सचिवालय बैठकले उनलाई उपमेयरमा टिकट दिएपछि उनले आफूसँग उठ्ने इच्छा नै नभएको प्रतिक्रिया दिएकी छन् । ‘टिकटबारे मलाई थाहा छैन । औपचारिक खबर आएको पनि छैन,’ उनले भनिन्, ‘मैले मेयरमै दावी नगरेको मान्छे कसरी उपमेयरमा उठ्छु र ? मलाई सोधेको पनि छैन । मलाई थाहा पनि छैन । औपचारिक रूपमा खबर गरेका थिएनन् ।’

उनले धेरै आकांक्षी भएपछि आफूले छोडेको प्रतिक्रिया दिएकी छन् । ‘मैले मैदान खाली गरेर चलाउनु भनेर छोडेको हो । १२ जना आकांक्षी भएर रहर पनि गरिनँ । के रहेछ माथि बुझ्नुपर्छ,’ गुरुङले भनिन् ।

उनका शुभेच्छुकहरूले पनि उम्मेद्वारी नदिन सुझाव दिएको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =