पोखरा महानगरमा कांग्रेस नेता कार्कीकाे बागी उम्मेदवारी (भिडिओसहित)

कास्की । पाेखरा महानगरपालिकामा कांग्रेस नेता विमलबहादुर कार्कीले मेयरमा बागी उम्मेदवार दिएका छन् । वडा नं. १४ का संस्थापक तरुण सभापति तथ आर्थिक विभागका पूर्वकेन्द्रीय सदस्य रहेका कार्कीले बागी उम्मेदवारी दिएका हुन् ।

सत्ता गठबन्धनले पाेखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णय गरेकाे छ । साेहीअनुसार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस पभापति शेरबहादुर देउवाले नेताहरूलाई एकीकृत समाजवादीलाई सघाउन निर्देशन दिएपनि कार्कीले बागी उम्मेदवारी दिएका हुन् । यससँगै त्यहाँ एकीकृत समाजवादीले तीव्र असन्तुष्टि व्यक्त गरेकाे छ ।

उनले आफूलाई पार्टीले कारबाही गरे भाेग्न तयार रहेकाे बताएका छन् । मकालुखबरसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘दलगत रूपमा जानुपर्नेमा पार्टीले सिण्डिकेट लगाइदियाे । यसैविरुद्ध मेराे विद्राेह हाे । पार्टीले कारबाही गर्न मिल्दैन, गरे भाेग्न तयार छु ।’

यसअघि पनि नेताहरूले पाेखरा महानगर एकीकृत समाजवादीलाई दिइएपछि जिल्ला पार्टी कार्यालय, कास्कीमा तालाबन्दी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =