विराटनगरमा मनोनयन दर्ताको तयारी
२०७९ वैशाख ११ गते

विराटनगर । निर्वाचन आयोगले मनोनयन दर्ताको समय बिहान १० बजेदेखि शुरु गरेको छ । आज र भोलि दुई दिनको समय दिएर गरेको मनोनयन दर्ताको लागि बिहान १० बजेदेखि नै कर्मचारी मनोनयन दर्ताको तयारीमा छन् ।
प्रदेश १ को एक मात्र महानगरपालिकामा मनोनयन दर्ताको लागि कर्मचारीहरूले तयारी पूरा गरेको जनाएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आएका उम्मेदवारी दर्ताको प्रक्रिया अनुसार अघि बढाउने तयारी छ ।
रुजु गरे, मिले नमिलेको हेरे अघि बढ्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । कर्मचारी अभावको कारण केही समस्या हुने देखिएपनि त्यसको लागि तयारी गरिएको उनले जानकारी दिए । यो वर्ष निर्वाचन आयोगले १० वटा वडासम्मको लागि ४ जना कर्मचारी र त्यो भन्दा माथि प्रति ३ वडा बरावर १ जना कर्मचारी थपिने व्यवस्था निर्वाचन आयोगको छ ।
२०७९ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित









