कर्णालीका सात जिल्लामा गठबन्धनले टुङ्गायो भागबन्डा

सुर्खेत । कर्णालीमा लगातार तीन दिनसम्म बसेको सत्ता गठबन्धनको बैठकले भागबन्डा करिब-करिब अन्तिम टुङ्गोमा पुगेको छ । शनिबार बिहान ८ बजेबाट बसेको गठबन्धनको बैठकले कर्णालीका सात जिल्लाको भागबन्डा मिलिसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।

शनिबार राती ११ बजेसम्म हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँटमा कुरा टुङ्गिएको छ भने बाँकी जिल्लाको आइतबार बिहानसम्म टुङ्गो लाग्ने जनाइएको छ । कर्णालीको सुर्खेत, कालिकोट र रुकुम पश्चिमको बाँकी रहेको छ ।

नेपाली कांग्रेसका कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले पनि आज मनोनयन दर्ता गर्ने समय भएकाले बिहानै अन्तिम टुङ्गो लगाइने बताए । अहिले थप छलफल गरेर निर्णय सार्वजनिक गरिने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *