गोरखामा कांग्रेस-माओवादी मिलेपछि केन्द्रको हस्तक्षेप

पोखरा । गोरखामा गठबन्धन दलहरुबीच सहमति नजुटेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भयो । बिहान मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर उठेका कांग्रेस माओवादी पुनः बैठक बसे, जसपा सहित अरू पार्टीलाई पाखा लगाएर गठबन्धन गरे ।

जिल्लाका ११ पालिकामध्ये कांग्रेसले गोरखा नगरपालिका सहित ७ पालिका र माओवादीले पालुङटार नगरपालिका सहित ४ पालिकाको नेतृत्व गर्ने गरी भागबन्डा मिल्यो । तर उनीहरूको भागबन्डा केन्द्रले तोडिदिएको छ ।

यसअघि माओवादीको भागमा परेको पालुङटार र कांग्रेसकाे भागमा परेको धार्चे जसपालाई दिने गरी केन्द्रीय निर्देशन पटाइएको छ । ८ पटकसम्म बैठक बसेर नमिलेको गठबन्धन अन्ततः केन्द्रको हस्तक्षेपमा परेका हुन् ।

अब कांग्रेसले ५, माओवादीले ४ र जसपाले २ पालिकाको नेतृत्व पाउनेछन् । यसअघि कांग्रेस एक्लैले ९ पालिका जितेको तियो भने बाँकी २ पालिका माओवादीले जितेको हो गठबन्धनका कारण माओवादीलाई दुई पालिका नाफा भएको छ भने कांग्रेसलाई ४ पालिका नोक्सान भएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =