धनकुटाका तीन पालिकामा कांग्रेसले दियो उम्मेदवार
२०७९ वैशाख १० गते

धनकुटा । नेपाली कांग्रेसले धनकुटा नगरपालिकाको मेयरमा दिनेश राईलाई उठाउने निर्णय गरेको छ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनकुटा जिल्लाका तीन नगरपालिकाको मेयर टुंगो लगाउँदै धनकुटा नगरपालिकाको मेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यस्तै पाख्रीबास नगरपालिकाको मेयरमा ज्ञानबहादुर गुरुङ र महालक्ष्मी नगरपालिकाको मेयरमा ध्रुवबराज रायमाझीलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस प्रदेश समितिले जनाएको छ ।
धनकुटामा गठबन्धन दलका बिच कांग्रेस र माओवादीका बिचमा प्रमुख पद पाउने तय भएको छ ।

यो पनि:
२०७९ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित









