गण्डकीका २९ पालिकामा एमालेले टुंग्यायो उम्मेदवार (नामावलीसहित)

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशका २९ पालिकामा आफ्ना प्रमुखहरूको नाम टुंगो लगाएको छ।

एमालेले प्रमुखको मात्र नभई २० पालिकाको उपप्रमुख समेत टुंगो लगाइसकेको छ भने मनाङ र मुस्ताङका सबै पालिकामा टिकट वितरणसमेत गरिएको छ। गण्डकीमा एमालेले गोरखाको २, लमजुङको १, तनहुँको १, कास्कीको १, स्याङजाका ३, म्याग्दीका ४, पर्वतको एक, बागलुङका ५ र नवलपुरका २ पालिकाको टिकट टुंगो लगाएको प्रदेश कमिटीले जनाएको छ।

एमाले प्रदेश कमिटीका अनुसार बाँकी पालिकाको टिकट पनि आज शनिबारभित्रै टुंगो लागिसक्नेछ।

नामावलीः

  • गोरखास्थित अजिरकोट गाउँपालिकामा शेखरनाथ न्यौपाने
  • गोरखास्थित चुमनुब्री गाउँपालिकामा सुकबहादुर गुरुङ र सानु गुरुङ
  • लमजुङस्थित क्होंलासोंथर गाउँपालिकामा सूर्यप्रसाद गुरुङ
  • तनहुँस्थित आँबूखैरेनी गाउँपालिकामा ऋषि केसी
  • कास्कीस्थित रूपा गाउँपालिकामा नवराज ओझा र लालसुब्बा गुरुङ
  • मनाङस्थित मनाङ ङिस्याङ गाउँपालिकामा कान्छा घले छिरिङ र धावा गुरुङ
  • मनाङस्थित चामे गाउँपालिकामा लोकेन्द्र घले र आशकुमारी गुरुङ
  • मनाङस्थित नासों गाउँपालिकामा मनबहादुर गुरुङ र अर्विन गुरुङ
  • मनाङस्थित नार्पाभूमि गाउँपालिकामा ज्याप्ले गुरुङ
  • स्याङजास्थित आँधिखोला गाउँपालिकामा विश्व पौडेल र सीता थापा
  • स्याङजास्थित वालिङ नगरपालिकामा कृष्णबहादुर खाँड र खगीसरा थापा मगर
  • स्याङजास्थित हरिनाश गाउँपालिकामा खीमनारायण मानन्धर
  • म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिकामा भरतकुमार पुन र दिवाकुमारी तिलिजा
  • म्याग्दीस्थित रघुगंगा गाउँपालिकामा प्रेमबहादुर कार्की र यामकुमारी गर्वुजा
  • म्याग्दीस्थित मालिका गाउँपालिकामा वेगप्रसाद गर्वुजा
  • म्याग्दीस्थित मंगला गाउँपालिकामा सतप्रसाद रोका
  • पर्वतस्थित पैयूँ गाउँपालिकामा महेन्द्र श्रेष्ठ र यमकुमारी राना
  • बागलुङस्थित तमानखोला गाउँपालिकामा देवेन्द्र छन्त्याल र टेकमति विक
  • बागलुङस्थित ढोरपाटन नगरपालिकामा देवबहादुर नेपाली
  • बागलुङस्थित ताराखोला गाउँपालिकामा ऋषिराम रोका र थममाया घर्ती
  • बागलुङस्थित गलकोट नगरपालिकामा पूर्ण काउछा र रुपा विक
  • बागलुङस्थित जैमिनी नगरपालिकामा लिला राना यमुना शर्मा
  • मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिन्जिन गुरुङ र दिकी गुरुङ
  • मुस्ताङस्थित लो घेकर दामोदर कुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट र छिरिङ ल्हामो गुरुङ
  • मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा टसीनुर्बु गुरुङ र छिमि विष्ट
  • मुस्ताङस्थित थासाङ गाउँपालिकामा प्रदीप गौचन र सुमिता शेर्पा
  • मुस्ताङस्थित घरपझोङ गाउँपालिकामा सन्जयकुमार थकाली र मिमकुमारी शेरचन
  • नवलपुरस्थित हुप्सेकोट गाउँपालिकामा चेतन राना र मनी पाण्डे
  • नवलपुरस्थित मध्येविन्दु नगरपालिकामा भीमलाल अधिकारी
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *