बराहतालमा माओवादीतर्फबाट वडा अध्यक्ष उम्मेदवारको सूची तयार

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाका सबै वडामा नेकपा (माओवादी केन्द्र)ले वडा अध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाएको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादीले वडा अध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाएको हो। नेकपा माओवादी केन्द्र बराहतल गाउँ कमिटीका अध्यक्ष बलबहादुर कठायतले आज शुक्रबार बराहताल गाउँपलिकामा वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष पदका उम्मेदवारहरूको टुङ्गो लगाएको जानकारी दिएका छन्।

अध्यक्ष कठायतका अनुसार पार्टी संगठनको निर्देशन र स्थानीय निर्वाचन परिचालन कार्यविधी अनुसार उम्मेदवारको टुङ्गो लगाइएको हो। वडा नं १ मा बमबहादुर बडुवाल, २ मा डिलबहादुर नेपाली, ३ मा दत्तबहादुर बराल मगर, ४ मा बृखबहादुर बडुवाल र वडा नम्बर ५ मा हिरालाल सुनारको नाम टुङ्गो लगाएको छ। त्यस्तै, वडा नं ६ मा कर्ण रेगामी मगर, ७ मा रुद्रबहादुर वि.क, वडा नम्बर ८ मा बलबहादुर सुनार, वडा नम्बर ९ मा कृष्णबिक्रम शाही र १० मा मेखलाला सलामी मगरलाई उम्मेदवारमा छनौट गरिएको माओवादी पालिका अध्यक्ष कठायतले जनाए।

त्यसैगरी, वडा नं ३ का वडा अध्यक्ष पदका उम्मेदवार दत्तबहादुर बराल मगर पुनः दोहोरिएका छन् भने वडा नं ८ को वडा अध्यक्षमा उम्मेदवार बलबहादुर सुनार २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *