तनहुँमा एमाले र जोशी समूहकाे गठबन्धन, यसरी भयो भागबण्डा

पोखरा । तनहुँमा आउँदो स्थानीय तहको चुनावमा नेकपा एमाले र कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहविच तालमेल भएको छ ।
जोशीले आफ्नो छोरालाई ब्यास नगरको मेयर बनाउन एमालेसँग सहकार्य गरेका हुन् । एमाले र जोशी समूहको संयुक्त बैठकले तालमेलको मोडालिटी समेत तयार गरेको छ ।
सहमति अनुसार जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुख सहित भानुको उपप्रमुख पाउनेछ । व्यासमा १, २, १२ र १४ नम्बर वडाको अध्यक्ष पनि सोही समूहलाई दिन एमाले राजी भएको हो ।
बन्दीपुरमा उपाध्यक्ष सहित २ नम्बर वडाको अध्यक्ष र भानुमा उपप्रमुख सहित ३ वडामा अध्यक्ष पाउने छ । ५, ११ र १३ नम्बरको वडाध्यक्ष जोशी समूहबाट हुनेछन् भने आँबूखैरेनी गाउँपालिकामा २ र ५ नम्बर वडामा अध्यक्ष पाउनेछ ।
बाँकी सबै पालिका र वडामा एमालेलाई जोशी समूहले सहयोग गर्नेछ । एमालेले आफ्नै चुनाव चिन्हमा चुनाव लड्नेछ भने जोशी समूह स्वतन्त्र चिन्हमा उठ्न लागेको हो । यसअघि सूर्यबाटै चुनाव लड्ने चर्चा चलेपनि सूर्य लिन जोशीले नमानेका बताइएको छ ।









