राप्रपाबाट पोखराको मेयरमा खराल
२०७९ वैशाख ९ गते

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पोखरा महानगरपालिकाको मेयरमा शंकर खराललाई उठाउने भएको छ ।
हिन्दु धर्मका प्रचारक खराल दुई महिनाअघि मात्रै राप्रपा प्रवेश गरेका हुन् । उनी हाल विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्षका रुपमा कार्यरत छन् ।
अघिल्लो निर्वाचनमा राप्रपाले पोखराको मेयरमा २ हजार २ सय ७२ मत प्राप्त गरेको थियो । हिन्दु धर्मसँग सम्बन्धित धेरै संघ संस्थामा आबद्ध रहेकोले पनि खरालले केही बढी मत पाउने आँकलन गरिएको छ ।
२०७९ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित









