थुलुङ दुधकाेशी गाउँपालिका ९ काे वडाध्यक्षकाे उम्मेदवारमा तामाङ सर्वसम्मत

साेलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), थुलुङ दुधकोशी गाउँपालिका ९ समन्वय समितिले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि सनकुमार तामाङलाई उम्मेदवार बनाएकाे छ । समितिकाे बिहीबार बसेकाे बैठकले तामाङलाई सर्वसम्मत रूपमा वडाध्यक्षकाे उम्मेदवार चयन गरेकाे माओवादी नेतृ तमुना राईले जानकारी दिइन् ।

समाजसेवासमेत गर्दै आएका तामाङकाे यहाँ राम्राे जनमत रहेकाे समितिले जनाएकाे छ । त्यसैले उनकाे जित सुनिश्चित रहेकाे नेताहरूले दाबी गरेका छन् ।

केही समयअगाडि मात्रै नेपाली कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका उनले वडाकाे नेतृत्व लिएर जनभावनाअनुरूप काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

थुलुङ दुधकाेशीमा ९ वटा वडाहरू छन् । जसमा माओवादी केन्द्रले अधिकांश वडाहरूमा उम्मेदवार टुङ्गाे लगाइसकेकाे छ । बाँकी वडा र पालिकाकाे उम्मेदवारहरू चाँडै टुङ्गाे लगाउने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *