माओवादी आन्दोलनका २३३ उपलब्धिहरू सार्वजनिक (पूर्णपाठ)

काठमाडाैँ ।  नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनले माओवादी आन्दाेलनका २३३ उपलब्धिहरू सार्वजनिक गरेकाे छ । माओवादी जनयुद्धको जगबाट शुरू भएकाे २०६२/६३ को जनआन्दोलनले झण्डै अढाइ सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गरेकाे उल्लेख गर्दै संगठनले २३३ उपलब्धिहरू सार्वजनिक गरेकाे हाे ।

माओवादी जनयुद्धले पिछडिएको क्षेत्र, महिला, दलित, आदिवासी जनजातिलगायतहरूकाे रक्षा गरेकाे सार्वजनिक दस्ताबेजमा उल्लेख गरिएकाे छ । ‘सडक, स्वास्थ्य, शिक्षा, बिजुलीलगायत जनताका आधारभूत आवश्यकता पूरा हुँदै छन्,’ दस्ताबेजमा भनिएकाे छ, ‘०६५ मा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपश्चात् सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्‍यो । ०६४ यता माओवादीको नेतृत्वमा ३ वटा सरकार बने, अरू संयुक्त सरकारमा माओवादीका मन्त्रीहरूले नतिजामुखी काम गरे ।’

पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *