एमालेबाट बागचौरमा मेयर र उपमेयरमा सर्वसम्मत उम्मेदवार

काठमाडौँ । सल्यानस्थित बागचौर नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरका लागि सर्वसम्मत उम्मेदवारको टुंगो लगाएको छ।

आगामी स्थानीय तहको निर्वाचनका लागि एमाले बागचौर नगर कमिटीको बैठकले मेयरमा तिलक मल्ल र उपमेयरमा भक्तकुमारी बीएमलाई उम्मेदवार बनाउने निर्णय गरी सिफारिस गरेको हो। बैठकमा पार्टीले मल्ल र बीएमको नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको जिल्ला सचिवालय सदस्य दीपेन्द्रप्रकाश डाँगीले जानकारी दिएका छन्।

मल्ल एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुन् भने बीएम नगर कमिटी सदस्य हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *