सुर्खेतमा कसैले पनि बुझाएनन् इजाजतप्राप्त हात हतियार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले इजाजतप्राप्त हातहतियार कसैले पनि नबुझाएको जनाएको छ।

प्रशासनले स्थानीय तह निर्वाचनलाई भयरहित बनाउँनका लागि हतियार प्रहरीलाई बुझाउँन आग्रह गरेपनि हालसम्म कसैले पनि बुझाएका छैनन्। प्रशासनले गत चैत सोमबार स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भए प्रश्चात पुनः फिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेको थियो।

हालसम्म इजाजत प्राप्त गरेर राखिएका जिल्ला भित्रका एक सय हतियार र जिल्ला बाहिरबाट ३९ वटा हतियार रहेका छन्। तर, तीमध्ये कुनै पनि हतियार प्रहरीलाई नबुझाइएको प्रशासनको भनाइ छ। उनीहरूले हतियार आफ्नो आत्मरक्षाका लागि इजाजतसहित राखेको भनेपनि कुन प्रयोजनमा प्रयोग भएका छन् यो विषयमा सुर्खेत प्रशासन नै अनविज्ञ देखिएको छ। प्रशासनले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नको लागि अनुरोध गरेको थियो।

यस्तै, निर्वाचन सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी नजिकको प्रहरी इकाईहरूमार्फत् जिल्ला प्रहरी कार्यालय सुर्खेतमा १५ दिनभित्र बुझाउनको लागि सबैलाई आग्रह गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *