सुर्खेतमा गाडी दुर्घटना हुँदा १४ घाइते, पाँचको अवस्था गम्भीर

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका फोर्स गाडी दुर्घटनामा परेको छ । उक्त दुर्घटना परी घाइते पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

बिहीबार दिउँसो साढे २ बजेको समयमा भेरीगंगा नगरपालिका–५ कालीदमार दरदरे स्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डिएसपी रामप्रसाद घर्ती मगरले कोहलपुरबाट छिन्चुतर्फ आउदै गरेको लु २ ख ५५७३ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको जानकारी दिए ।

उनका अनुसार गाडी अनियन्त्रित भई सडकको दाँया साईटको नालामा पल्टिन जाँदा गाडीमा सवार १९ जना मध्ये चालकसहित १४ जना घाइते भएका छन् भने, अन्य सकुसल रहेका छन् ।

घाइतेहरुलाई उपचारको लागि भेरीगंगा पोलिकिल्निकमा सामान्य उपचार पश्चात थप उपचारको लागि १२ जनालाई नेपालगञ्ज तर्फ पठाईएको प्रहरीले जनाएको छ ।

ती मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई रहेको छ । अन्य २ जना समान्य घाइतेलाई उपचारका लागि प्रदेश अस्पतालतर्फ पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *