अछामको चौरपाटीको अध्यक्षमा नेकपा एसबाट पत्रकार सिफारिस

अछाम । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षका लागि नेकपा (एकीकृत समाजवादी) बाट दुई जना पत्रकार सिफारिस भएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एसले गाउँपालिका अध्यक्षका लागि पत्रकार तपेन्द्र कुँवर र राजेन्द्र कुँवरको नाम सिफारिस भएको हो ।

तपेन्द्र कुँवर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य हुन् भने राजेन्द्र कुँवर समाजवादी प्रेस संगठनका सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।

पत्रकारद्वय कुँवरसहित गाउँपालिकाको अध्यक्षका लागि वर्तमान अध्यक्ष हर्क साउँद र बम धामी सिफारिस भएका छन् ।

‘पत्रकारको नजरबाट देखेका समस्या हल गर्छु’

गाउँपालिकाको अध्यक्षका लागि सिफारिस भएका पत्रकार तपेन्द्र कुँवरले पत्रकारको नजरबाट देखेका समस्या जनप्रतिनिधि भएर हल गर्ने प्रयासमा लाग्ने अठोट लिएका छन् । मिडियामा रहेर अछामको विकास निर्माणदेखि सुशासन, सामाजिक रूपान्तरणका विषयमा वहस गर्दै आएका उनी भन्छन्, ‘युवाहरूले गुनासो मात्र नगरी आफ्नो ठाउँको विकास गर्न आफै अग्रसर हुनुपर्छ । त्यो राजनीति मार्फत हुने भएकाले म गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बन्न खोजेको हुँ ।’

गाउँपालिकाको अध्यक्षमा आफूले टिकट पाएमा गाउँको विकास, सुशासन र समृद्धिका लागि काम गर्ने उनले बताए । ‘सडकको स्तरउन्नती, शिक्षामा गुणस्तर, बहुमुखी क्याम्पसको स्थापना, जनताको जीवनशैली परिवर्तन गर्ने कार्यक्रम, वडाको भुगोल अनुसार कृषि र पशुपालन व्यवसायलाई पकेट क्षेत्रको अवधारणाबाट अघि बढाउनेलगायतका योजना मसंग छन्’, उनले भने ।

पार्टीले उम्मेदवार बनाएपछि आफूले चुनाव जित्ने र पालिकालाई अझ उचाइमा लैजाने उनको दाबी छ । अध्यक्षका अन्य उम्मेदवारले पनि आफूलाई नै अध्यक्षमा अघि सार्ने उनको विश्वास छ ।

जिल्लाको साँफेबगरस्थित रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशकसमे रहेको कुँवरले २०६४ सालमा धनगढीपस्थत दिनेश एफएमबाट पत्रकारिता सुरुवात गरेका थिए ।

उनले धनगढीबाट प्रकाशित हुने सुदूर सन्देश दैनिक, मनिङ्ग बेल दैनिक, पश्चिम टुडे रेडियोमा समाचार प्रमुखको जिम्मेवारी समेत निर्वाह गरेका थिए । उनले स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *