मारवाडी समुदाय भन्छ- ‘उम्मेदवार सिफारिसदेखि नै मानमर्दन भयो’

विराटनगर । नेपाली कांग्रेसमा आबद्ध रहेका मारवाडी समुदायले स्थानीय तहको निर्वाचनमा अवमूल्यन गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै नेपाली कांग्रेस नेतृत्वले चर्चामा रहेका नामहरू पनि कटाएकोमा मारवाडी समुदायले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको लागि सिफारिस भएका नामहरूमा एकजना माडवारी समुदायको पनि नाम सिफारिस नभएको उनीहरूको गुनासो छ ।

मनोनयन दर्ताको दिन नजिकिँदै गर्दा मारवाडी समुदाय आक्रोशित भएको हुन् । मेयर पदको लागि फुलकुमार लालवानी तथा उपमेयरकोलागि मिलन नौलखा र श्रुति शर्माको नाम चर्चामा रहेको भएपनि उनीहरूको नाम जानीजानी हटाएको उनीहरूको आरोप छ । ‘हाम्रो समुदायबाट मेयर र उपमेयरमा आकांक्षीहरूको नाम जानीजानी हटाएर हाम्रो समुदायको मानमर्दन भएको छ, पार्टीको छबि समेत बिगार्ने काम भएकोले यस दुस्साहसी कार्यप्रति हामी घोर भत्र्सना गर्दछौँ, ध्यानाकर्षण पत्रमा भनिएको छ, पार्टीले हाम्रो समयदाय पैति गरेको कार्यको गम्भीर आपत्ति प्रकट गर्दै ध्यानाकर्षण गराउँदछौँ ।’

२००३ सालमा राणा विराेधी आन्दोलनमा स्वतन्त्रता सेनानी भिमराज नौलखा लगायतले आफ्नो ज्यानको बाजी समेत लगाएको गौरवशाली इतिहास बोकेको मारवाडी समुदायसँग रहेको उनीहरूको दाबी छ ।

लोकतान्त्र प्राप्तिको सम्पूर्ण आन्दोलनमा मारवाडी समुदायको विशिष्ट योगदान रहेको भएपनि राजनैतिक अवसरहरू प्रदान नभएको उनीहरूको गुनासो छ ।

राजनीतिक अवसरहरू प्रदान गर्ने कुरामा पार्टीको आफ्नो अमुल्य समय, श्रम र योगदान गर्ने गर्ने व्यक्तिको अपमान गरेको हामीलाई महसुस भएको छ, ध्यानाकर्षण पत्रमा भनिएको छ, हालै मात्र आगामी स्थानीय निर्वाचनका लागि मेयर तथा उपमेयरमा महानगर समितिले गरेको सिफारिसमा हाम्रो समुदायको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *