परमादेशबाट बनेको सरकारलाई जनादेशबाट हटाएर सिंहदरबार फर्किन्छाैँ : ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले खराब प्रवृतिका व्यक्तिहरूलाई साथमा लिएर गठबन्धन बनाएको बताएका छन् ।

बिहीबार काठमाडौँमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको र यसले कांग्रेसलाई नै सिद्धाउने बताएका हुन् ।

पाँच दलीय गठबन्धन राजावादी राप्रपालाई लिएर ६ दलीय गठबन्धन भइसकेको र यसको उदेश्य एमाले र ओलीप्रति लक्षित भएको उनले बताए । त्यस्तै ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई निर्देशन दिए ।

प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको उनले भनाई छ । ओलीले एमालेले हरेक समयमा ठिक निर्णय गर्दै अघि बढेको धारणा राखे । उनले परमादेशबाट बनेको सरकारलाई जनादेशबाटै हटाएर सिंहदरबार फर्किने बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई सपथ खुवाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *